१३ औँ वर्षमा शाइन रेसुङ्गा : आफ्नै भवनमा,कूल पूँजी ४ अर्ब १२ करोड, ६८ वटा शाखा

by समतल अनलाइन

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा विकास बैंक राष्ट्रयिस्तरको बैङ्कको रुपमा स्थापति भएको छ । लिमिटेडले स्थापनाको १३ वर्षमा प्रवेश गरेको छ ।

बैंकले बुटवल कालिकानगरमा करबि १८-२० करोडको लगानीमा सुविधा सम्पन्न आफ्नै भवन समेत बनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बैंकले आफ्ना बगित बर्तमान र भबिश्यका नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पूँजी,शाखा,ग्राहक र ऋणि भएको बैंकका रुपमा अग्रस्थानमा रहि राष्ट्रिय स्तरमा अग्रणी विकास बैंक बनेको बताए ।

२०६५ फाल्गुण ११ गते तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा स्थापित बैंक हाल लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पूँजी,शाखा,ग्राहक र ऋणी भएको पौडेलले बताए । त्यसैगरी रु ६ करोड लागतबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी रु ३ अर्ब,४० करोड,जगेडा कोष रु ७२ करोड र कूल पूँजी रु ४ अर्ब १२ करोड रहेको छ ।

उनले आगामी दिनमा अरु बै‌कसंग नभई समग्र बैंकिङ्ग क्षेत्रसँग प्रतिष्पर्धा गर्ने योजना रहेको बताए । देशभरका ९० वटा विकास बैंकबाट मर्जर र एक्विजिसन हुदै देशभर अहिले १८ वटा विकास बैँक रहेको भन्दै आफूहरु अग्रणी बन्ने दाबि गरे ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले समय सापेक्ष सुविधा प्रदान गर्दै प्रविधिमैत्री सेवालाई पनि विस्तार गर्दै अघि बढ्ने बताए । लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा रहेको बैंकका अन्य विभिन्न प्रदेश तथा स्थानमा गरी ७३ वटा शाखाहरु रहेका छन् । बैंकले डिजिटल बैंकिङ्लाई अगाडी बढाउने जनाएको छ ।

काठमाण्डौंमा ३ वटा शाखा सञ्चालन गर्ने र पोखरा,धनगढी र महेन्द्रनगरमा पनि छिट्टै शाखा सञ्चालन गर्ने तयारी गरिएको बैँकले जनाएको छ ।११ जनाबाट सुरु भएको बैंकमा हाल जम्मा ७७४ जना कर्मचारी छन् ।

Share this:

 
 
  
 

You may also like