मिनी ट्रकको ठक्करबाट भक्तपुरमा एक युवाको मृत्यु

by समतल अनलाइन

भक्तपुर। भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका– २ झौखेलबाट ब्यासीतर्फ आउदै गरेको बा २ क ९०९९ नम्बरको मिनीट्रकको ठक्करबाट सोही ठाउँका ४१ वर्षीय सूर्यमान सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनी ट्रकबाट झर्ने क्रममा सुवाललाई सोही ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका सुवालाई सुरुमा उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि थप उपचारको लागि सुवाललाई सिनामंगलस्थित केएमसी अस्ताल ल्याएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिएका छन् । ठक्कर दिने सवारी साधन र चालक रामेछाप दोरम्बा घर भई हाल भक्तपुरको चाँगुनारायण–२ झौखेल बस्ने ४५ वर्षीय सन्तवीर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 
 
  
 

You may also like