जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल। लियो क्लब अफ बुटवलले आफ्नो बार्षिक कार्य तालिका अनुसार जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता -२०७७ आयोजना गर्ने भएको छ। प्रतियोगिता फाल्गुनको ८ र ९ गते देविनगरको ओलि पथ स्थित कभर्ड हलमा हुने क्लबका अध्यक्ष हिमालय भुसालले बताए।

खेलाडीको प्रतिभा प्रतिभा प्रस्फुटन गराउने उदेश्यले विभिन्न आठ ईभेन्ट्समा प्रतियोगिता हुनेछ। बिद्यालय तहबाटनै खेलाडी उत्पादन गर्ने हेतुले सब जुनियर्स कक्षा ०५ सम्म, जुनियरतर्फ कक्षा ०६ देखि ८ सम्म सिनियर तर्फ कक्षा ९ देखि १२ सम्म डबल्स इभेन्ट्स प्रतियोगिता गरिने क्लबका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक महेश खनालले बताए।

यस्तै शिक्षक साथीहरू बीचको भाईचारा प्रगाढ गर्न शिक्षकहरुको माझमा पनि प्रतियोगिता हुने खनालले थपे। प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने बिद्यालयलाई आकर्षक ट्रफी, प्रमाणपत्र प्रदान गरिने र खेलाडीलाई मेडल , प्रमाणपत्र प्रदान गरिने प्रथम उपाध्यक्ष रमेश न्यौपानेले जानकारी दिए । प्रतियोगिता जिल्ला भरिका करिब ३०० जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक बिनय पटेल ले बताए ।

लियो क्लब अफ बुटवलले बिगत २० बर्ष देखि निरन्तर रुपमा जिल्ला स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै आईरहेको छ।

 
 
  
 

You may also like