थप १६५ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार ७३७ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ ।
गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ । हाल ८७ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा १६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा ३ जना आइसियुमा छन् । प्रदेश–२ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् ।

बागमती प्रदेशमा ३० आइसियु र १३ भेन्टिलेटरमा, गण्डकीमा दुई जना संक्रमित आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २७ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा एक जना आइसियु रहेका छन् । सूदुरपश्चिम प्रदेशमा एक जना आइसियु रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like