मगरघाटमा घाइते भेटिएका युवाको मृत्यु , ९ दिनपछि आफन्तले बुझे शव

by समतल अनलाइन

सन्तकुमार श्रेष्ठ
बुटवल।९ दिन अघि मृत्यु भएका युवाको शव आफन्तले माघ २५ आइतबार  बुझेका छन् । बुटवलको योगीकुटी स्थित मगरघाट पुलमा घाइते अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो  । बुटवल उप-महानगरपालिका – १७ स्थित पुलमा माघ १७ गते सुरक्षाकर्मीको टोलिले सोहि स्थानका १६ बर्षीय सुमन खड्कालाई घाइते अवस्थामा फेला पारेको थियो।  उनको सोहि दिन लुम्बिनी प्रादेशिकमा मृत्यु भएको हो ।  उनलाई घर नजिकै मगरघाट पुलमा घाइते अवस्थामा प्रहरीले १७ गते भेटाएको मृतकका आफन्त भरत खड्काले समतल अनलाइनलाई जानकारी दिए ।

सुरक्षाकर्मीको टोलीले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लागेको थियो ।  उपचारको क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनको टाउकोमा चोट , मुटु र फोक्सोमा रगत जमेको पोस्ट मार्टम रिपोर्टमा देखिएको जनाइएको छ ।

सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले ९ दिन सम्म शव बुझ्न मानेका थिएनन  । अन्त्यमा सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्ने सहमतिका बिच मृतकका आफन्तले शव बुझेका छन् । उक्त घटनाको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like