पाँच महिनामा २१ अर्ब विदेशी लगानी स्वीकृत

by समतल अनलाइन

काठमाडौं, २६ माघ । चालू आर्थिक वर्ष ( २०७७–७८) को पाँच महिनामा उद्योग विभागमार्फत २१ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ( एफडीआई) स्वीकृत भएको छ ।

विभागकाअनुसार स्वीकृत भएको यस रकमबाट १०८ नयाँ उद्योग स्थापना हुनेछन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने चालु वर्षको विदेशी लगानी २२.९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा २७ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ को पहिलो पाँच महिनामा १३ अर्ब १४ करोड लगानी प्रतिवद्धता आएकोमा आर्थिक वर्ष २०७५–७६ मा ९ अर्ब ६१ करोडमा सीमित भएको थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७६–७७ मा २७ अर्ब प्रतिवद्धता आउँदा अघिल्लो वर्षको तुलनामा १८४ प्रतिशत बढी भएको थियो । कारोबार दैनिकबाट

 
 
  
 

You may also like