थप २१३ जनामा कोरोना पुष्टि, २४ घण्टामा २९६ जना संक्रमण मुक्त

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २१३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७० हजार ५८८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६५ हजार ३६५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७९१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ६० हजार ८६० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ११३ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २०३ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२० रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like