थप ३४८ जनामा कोरोना पुष्टि, २४ घण्टामा ४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३४८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ६७ हजार ९९२ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ४४१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६२ हजार २५९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९५६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख २१ हजार ७१४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १९० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार ७६४ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९६९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like