आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा

by समतल अनलाइन

काठमाडौं । सरकारले मंसिरको अन्तिम साताबाट फिल्म छायांकनका लागि अनुमति दिएपछि फिल्म निर्माताहरु फिल्म छायांकनमा जुटिरहेका छन् ।

यसैबीच कोरोना भाइरसका कारण छायांकन रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा गएको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमले आइतवार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेको हो ।

निर्माता लक्ष्मण रिजालका अनुसार फिल्मको केही दृश्य पोखरामा खिचिनेछ । त्यसपछि मुस्ताङका दृश्य खिचिनेछ ।

फिल्ममा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको समेत अभिनय रहने जनाइएको छ ।

यो फिल्मको छायांकन महेश आर गुप्ताले गर्नेछन् भने विपिका खनालले कथा तयार पारेकी छिन् ।

यस्तै प्रविण झाले निर्देशन गर्ने यो फिल्ममा उमेर अन्तरका युवायुवतीबीचको प्रेम देखाइनेछ ।

 

 
 
  
 

You may also like