नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

by समतल अनलाइन

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय निर्धारण गर्नेछ । भारतले पहिलो चरणमा नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई खोप दिने तयारी गरेको छ ।

बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको अस्ट्राजेनेका भारतमा उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ ।

भारतमा भने शनिवारदेखि खोप दिन शुरु गरिएको छ । खोपका कारण हालसम्म ४ सय ४७ जनालाई सामान्य असर देखिएको छ । बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ ।

 
 
  
 

You may also like