रोडढुगा उद्योग ब्यवसायीको सम्मान

by समतल अनलाइन

बुटवल। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्र तथा प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई नेपाल रोडाढुगा उद्योग ब्यवसायी संघ रुपन्देही शाखाले सोमबार भैरहवामा गरेको सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले क्रेशर ब्यवसायीहरुलाई ब्यवस्थापन गर्न आग्रह गरे ।

संघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली, संघका सल्लाहकार चन्दमणी खनाल, उपाध्यक्ष टंक अधिकारी, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिपक पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, एशोसियट सदस्य राजेशकुमार अग्रवाललाई खादा तथा माला लगाएर सम्मान गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शर्माले आफुहरुमाथि ठुलो जिम्मेवारी आईपरेको बताए । कोभिड १९ का कारण सबैजसो क्षेत्र धराशायी बनेको भन्दै राजनितिक कार्यक्रममा मानिसको भिड गराउन मिल्ने भएपछि भन्सार खोल्न अहिलेको आवश्यकता भएको बताए। कार्यक्रममा बोल्दै संघका अध्यक्ष ज्ञवालीले पछिल्लोसमय खानी तथा क्रेशर उद्योगीको समस्या निक्कै गम्भिर रुपमा देखिएको बताए ।

नीजि क्षेत्रका ठूलो लगानी डुबेको अवस्थामा पनि सरकार गम…

 
 
  
 

You may also like