धितालको अध्यक्षतामा नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व निर्वाचित

by समतल अनलाइन

काठमाडौँ । नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा २०७७ साल पौष २५ शनिवार सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विज्ञापन संघको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नु हुदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताएका थिए ।

सञ्चारमन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने २१औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ ।

२१औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदीप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल ‘बिजय’, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी विजयी भएका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको थियो ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २-२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।

ad

 
 
  
 

You may also like