79
काठमाडौं । प्रहरीले भायनेट कम्युनिकेसनको ग्राहकको तथ्याङ्क ह्याक गर्ने युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने १७ वर्षीय युवालाई पक्राउ गरेको हो ।
ती किशोरले फेसबुक तथा ट्वीटरमा ‘नरपिचास’ नामक एकाउन्ट खोलेर भायनेट कम्युनिकेसनको ग्राहकको तथ्याङ्क ह्याक गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गत अदालतबाट म्याद थप थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।