राजपाद्वारा बुटवलमा प्रदर्शन

by समतल अनलाइन

बुटवल। जनता समाजबादी पार्टी ( जसपा)ले आइतबार बुटवलमा प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध बिरोध प्रर्दशन गरेको छ । जसपाको केन्द्रीय कार्यक्रम अन्र्तगत बुटवलमा पनि प्रर्दशन गरेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बिघटन गरेर देशलाई अन्यौंलता तिर धकेलेको भन्दै जसपाले बुटवलमा बिरोध प्रर्दशन गरेको बुटवल नगर कमिटिका अध्यक्ष बामदेव भुषालले जानकारी दिनुभयो ।

बुटवलको हस्पिटल लाईनबाट सुरु भएको बिरोध प्रर्दशन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको उँहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्ध नेता कार्यकर्ता एक जुट भएर प्रर्दशन गरिएको भुषालले बताउँनुभयो ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य अशोक यादब , केन्द्रीय सदस्यहरु यज्ञ पोखरेल , विमल गिरी, कमल खनाल , र ईश्लाम महमद लगायतले सम्बोधन गर्दै ओलीको असंवैधानिक’ कदमविरुद्ध आफुहरु सडकमा आउन बाध्य भएको बताएका छन ।

 
 
  
 

You may also like