विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौँ। विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् ।

एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।

संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् ।

संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४५४ जना संक्रमित भएका छन् । ३ लाख ३० हजार ८१३ जनाको मृत्यु भएको छ।

त्यस्तै नेपाल संक्रमित मुलुकको सूचीमा ४० औ स्थानमा छ । विगत केहीदिन देखि नेपालमा संक्रमितको संख्या घट्न थालेको छ ।

 
 
  
 

You may also like