नेपाल ल्याउन लागिएको अक्सफोर्डको कोरोना खोप प्रयोगका लागि भारतमा अनुमति माग

by समतल अनलाइन

काठमाडौं । औषधि उत्पादन कम्पनी फाइजरले आफूले बनाएको कोभिड खोपको आपतकालीन प्रयोगका लागि भारतसँग अनुमति मागेको हो ।

भारतको औषधि नियामक ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियासँग फाइजरले अनुमति मागेको हो । यो खोप बिक्री र प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन् । प्रेस ट्रस्ट अफ इण्डियाको समाचारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार फाइजरले ४ डिसेम्बरमा नियामक प्रमुख (डीसीजीआई) लाई एक पत्र दिएको छ ।

पत्रमा खोपको आपतकालीन प्रयोगको अनुमति मागिएको छ । फाइजर र बायोएनटेकले बनाएको उक्त खोपलाई पहिलो पटक गएको बुधबार बेलायतले अनुमति दिएको थियो । त्यहाँको नियामक निकायले तत्काललाई खोपको आपतकालीन प्रयोगका लागि अस्थायी अनुमति दिएको हो ।
भारतको सिरम विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी हो । जसले एक वर्षमै एक अर्ब डोज खोप उत्पादन गर्न सक्छ । नेपालले पनि सोही कम्पनीबाट खोप ल्याउन छलफल गरिरहेको छ ।

त्यसैगरी विकासोन्मुख देशलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले विभिन्न संस्थासँग मिलेर गठन गरेको कोभ्याक्ससँग पनि नेपालले सम्झौता गरिसकेको छ । खोपका लागि नेपालसहित ९२ देशले कोभ्साक्समा आवेदन दिएका छन् । कोभ्याक्सले देशको कूल जनसंख्यामध्ये २० प्रतिशत मानिसका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

सिरमका प्रमुख कार्यकारी अधिकृत अदर पुनेवालाले पनि एक अन्तर्वार्तामा आफ्नो कम्पनीले उत्पादन गरेको खोप उपलब्धतामा नेपाल र बंगलादेशलाई प्राथमिकतामा राखिएको बताएका छन् । मंसिर ११ गते नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले पनि भारतमा उत्पादन हुने खोप पाउने प्राथमिकतामा नेपाल पर्ने बताएका थिए ।

यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ । यसलाई दुई पटक अर्थात दुई डोज दिनुपर्छ । फाइजरले अमेरिकासँग पनि आपतकालीन प्रयोगका लागि अनुमति मागेको जनाइएको छ । तर, यसका केही खास चुनौतीका कारण प्रयोगमा कठिनाइ भएको बताइएको छ । यसलाई माइनस ७० डिग्री सेन्टिग्रेटमा भण्डार गर्नुपर्छ । विकासोन्मुख र गर्मी देशमा यसको ओसारपसार र प्रयोेगमा समस्या हुने बताइएको छ । एजेन्सी

 
 
  
 

You may also like