राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रशासनले भन्यो, ‘भिडभाड गरे कारवाही’

by समतल अनलाइन

काठमाडौं । काठमाडौका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शन जस्ता क्रियाकलाप भइरहेकाले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।

आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाडौंमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाडांैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन् । यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाडौंको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न शुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै आएको छ ।

 
 
  
 

You may also like