थप १४४२ जनामा कोरोना पुष्टि, २४ घण्टामा १२ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १४४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १४४२ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख १२ हजार ९१७ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ सय ३८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ८२ हजार ७८० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८५.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७३१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख २३ हजार ७५४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९१० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २८ हजार ८७८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like