कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौँ । सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गर्दै सो सम्बन्धि व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारले यस अघि सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भनेपछि यस विषयमा सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो ।

सर्वोच्चले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सो आदेशमाथि पुनरावलोकन गर्न सरकारले निवेदन दिएपनि सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने बताएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

नयाँ निर्णय अनुसार सरकारी अस्पतालहरुमा मात्र कोरोना संक्रमितको उपचार र परिक्षण नि:शुल्क हुने बताइएको छ । यस सम्बन्धि विस्तृत प्रोटोकल स्वास्थ्य मन्त्रालयले बनाएर सार्बजनिक गर्ने बताइएको छ ।

त्यसैगरी मन्त्रिपरिषदले आगामी चैत मसान्तसम्म मन्त्रीहरूको आधा तलब कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार तलबको आधा रकम सोझै कोषमा जम्मा हुनेछ ।

 
 
  
 

You may also like