पत्रकार धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि

by समतल अनलाइन

काठमाडौं।पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धमलाले अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

 
 
  
 

You may also like