थप २८ सय २४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७ हजार ७६५

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २८ सय २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल २८ सय २४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ७३ हजार ५६७ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६ सय २० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३४ हजार ८४२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७७.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ५६ हजार ३६६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन् भने होम आइसोलेसनमा ३० हजार ६८६ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७८ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २८३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा आज १६ सय २२ कोरोना संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like