थप २५ सय ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३८ हजार ५८४

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २५ सय ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २५ सय ८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ७० हजार ७४३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३१ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २९० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ४३ हजार ३४३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ४१० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३८ हजार ५८४ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २९६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा आज १३ सय ५७ कोरोना संक्रमित थपिए ।

 
 
  
 

You may also like