टीका लगाउँदा को कता फर्कने ?

by समतल अनलाइन

काठमाडौँ।बडादशैँको आज मुख्य दिन विजयादशमी मान्यजनका हातबाट टीका लगाइदैछ । तर, सबैजसोलाई टीका लगाउँदा कुन दिशा अवलम्बन गर्ने भन्ने ज्ञान नहुँन सक्छ ।

धर्मशास्त्रका ज्ञाताहरूले हरेक वर्ष टीका लगाउने र लगाइदिनेले कुन दिशा फर्कने भन्ने निर्धारण गर्दै आएका छन् ।

यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ ।

टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमले जनाए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

 
 
  
 

You may also like