थप २ हजार ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २ हजार ७१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ७१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ७ हजार ७५५ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७५ हजार ८०४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०.३ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ४२७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख ७६ हजार ९८४ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १७ हजार ६६६ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३२९ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित भेटिएका छन्

 
 
  
 

You may also like