होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु

by समतल अनलाइन

मोरङ। कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक वृद्धको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर मृत्यु भएको महानगर प्रहरी कार्यालयका निरीक्षक राजन पौडेलले बताए ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

१९ गते रिपोर्ट पोजेटिभ आएपछि पनि उनलाई होम आइसोलेसनमै राखिएकोमा आज बिहान साढे ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like