प्रदेश-५ मा राजधानी विवाद : समिति संयोजकबाट नेकपाकै सांसदको राजीनामा

by समतल अनलाइन

बुटवल । प्रदेश-५ को राजधानी विवाद झनझन पेचिलो बन्दै गएको छ । प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिका संयोजक रहेका नेकपाकै सांसदले पदबाट राजीना दिएका छन् ।

प्रदेश-५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् ।

दाङको देउखुरी क्षेत्रमा प्रदेश-५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निणर्यपछि उनले राजीनामा दिएका हुन् । उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । हाल प्रदेशको अस्थायी राजधानी बुटवल छ ।

नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका श्रेष्ठले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा घोषणा गरेका हुन् । श्रेष्ठको राजीनामाले नेकपामा पनि विवाद शुरु भएको छ ।

श्रेष्ठले संसदीय विधि र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । अहिले प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गरिरहेको छ ।

 
 
  
 

You may also like