बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल ।बुटवलमा बिहीबार बेलुका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं ११ बनगाईकी ७० वर्षीया महिला रहेकी छन् ।उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ मृत्यु भएको हो ।

मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा थापाले बताए ।

 
 
  
 

You may also like