ग्लोवल आवाज डटकमको कार्यालयमा आक्रमण

by समतल अनलाइन

बुटवल। ग्लोबल आवाज डटकमकाे कार्यालयमा आक्रमण भएको छ । अनलाइनकाे बुटवल-११ कालिकानगरमा रहेकाे कार्यालयमा गएराती ढुङ्गा प्रहार भएको हो । अनलाइनको समाचार शाखा र प्रबन्ध सम्पादककाे शाखा ढुङ्गा प्रहारपछि सिसा समेत फुटेको छ ।

सञ्चार गृहका सञ्चालक तथा प्रवन्धक गौतम भुसालले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । तीनतलामाथि रहेकाे कार्यालयमा ढु‌ंगा प्रहार भएकाे सम्पादक एनबी कंडेलले नागरिक अनलाइलाइ बताए । घटनाबारे बुटवल प्रहरीले थप अनुसन्धान थालेको जनाएकाे छ । के कारणले कस्ले आक्रमण भएकाे हाे भन्ने खुलेकाे छैन ।

घटनापछि स्थलगत निरीक्षण गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटनाप्रति खेद व्यक्त गरेका छन् । कुनै पनि सञ्चार गृहमाथि भौतिक रुपमा आक्रमण हुनु निन्दनिय भएको उनले बताए ।

कुनैपनि मिडिया हाउसमा आक्रमण हुनु निकै निन्दनीय र प्रेस स्वतन्त्रतामाथि कै प्रहार भएकाले नागरिक अनलाइन डटकम साे घटनाका दाेषिलाइ तत्काल कानुनी कारबाहीकाे माग गर्दछ ।

 
 
  
 

You may also like