बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । ब्लड प्रेसरको समेत दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

यो संगै रुपन्देहीमा शुक्रबार सम्ममा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुटवल उपमहानगरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 
 
  
 

You may also like