पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

पर्सा। पर्सा र बारा दुई जिल्लामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी ६४ जनामा संक्रमण देखिएको हो।संक्रमण देखिनेमा ५ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्म छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा दुई, १२ मा एक र १८ मा एकजनामा कोरोना देखिएको छ।

यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा पाँच जना, ५ मा एक, ६ मा दुई जनामा संक्रमण पुष्टि भएको छ।यसैगरी नारायणी अस्पतालमै गरिएको परीक्षणमा बाराको कलैया उप महानगरपालिकाका विभिन्न वडाका गरी ५० जनामा संक्रमण पुष्टि भएको छ।

 
 
  
 

You may also like