रुपन्देहीमा थप २५ जनामा कोरोना संक्रमण , जम्मा संक्रमितको संख्या १००१ पुग्यो

by समतल अनलाइन

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोमबार १० महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा १६ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, ओमसतियामा २ र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोमबार सम्ममा १००१ जनामा संक्रमण पुष्टि भएको छ भने १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा ४३३ जनाले कोरोना भाइरस जीतेर घर फर्केका छन् ।

यता बुटवल उपमहानगरपालिकाले भने बुटवलमा १७ जना नयाँ संक्रमित थपिएको जनाएको छ । उपमहानगरले दिएको जानकारी अनुसार वडा नम्बर ८ मा सबैभन्दा बढी ८ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ११ मा ३ जना र वडा नम्बर ४ मा २ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५,६, १३ र १९ मा १।१ जनामा संक्रमण पुष्टि भएको् छ ।

बुटवलमा जम्मा संक्रमितको संख्या ३०२ जना पुगेको छ ।

 
 
  
 

You may also like