सिरहाका कोरोना संक्रमितको धरानमा उपचारका क्रममा मृत्यु

by समतल अनलाइन

सुनसरी। सिरहाका कोरोना संक्रमित एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ ।

सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११:२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उनी मृगौला सम्बन्धी रोगबाट पनि पीडित रहेको डा. सापकोटाले बताएका छन् ।

 
 
  
 

You may also like