किशोरी बलात्कारको आरोपमा दुई जना प्रकाउ

by समतल अनलाइन

झापा । किशोरी बलात्कार गरेको आरोपमा झापाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा छन् ।

मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप लगाइएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिरिएको थियो । लगत्तै उनीहरूलाई मंगलबार साँझ नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

 
 
  
 

You may also like