बुटवल इलाकामा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल ।  ।बुटवलको हिरासतमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बिभिन्न अभियोगमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएका थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छहिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना आजै छुट्ने मध्यका रहेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।

संक्रमित पुष्टि भएका थुनुवा र अन्य थुनुवाको ब्यवस्थापनका बिषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको उनले बताए ।

डिएसपी खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । थुनुवालाई स्थानीय तहसँग समन्वय गरि आइसोलेसनमा पठाईने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।

 
 
  
 

You may also like