वीरगञ्जमा थप एक कोरोना संक्रमितको जनाको मृत्यु

by समतल अनलाइन

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज अठराह २६ सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।
मृतकको शव अहिले पनि नारायणी अस्पतालमै रहेको छ ।

 
 
  
 

You may also like