बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वाथ्यकर्मीसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।अस्पतालका निर्देशक डाक्टर देवकुमार गौतमका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. गौतमका अनुसार संक्रमित हुनेमा एकजना नर्सिङ स्टाफ, ३ जना वार्ड एटेन्डेन्ट र २ जना अस्पतालमा आएका अन्य व्यक्ति रहेका छन् ।उनीहरुको चितवनको भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट भरतपुर अस्पतालले केही समयअघि मात्र सार्वजनिक गरेको छ ।संक्रमित मध्ये एकजना ३५ वर्षका पुरुष र अन्य ५ जना क्रमश २५, ३३, ३९, ४३ र ५२ वर्षका महिला रहेका छन् ।

 
 
  
 

You may also like