नेपालमा थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३३८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १६ हजार ४९३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०।८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ४३२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ५२ हजार २३६ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १० हजार ७५९ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ७३८ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।

काठमाडौँमा ३६ सहित उपत्यकामा जना ४४ संक्रमित थपिए काठमाडौँ उपत्यकामा आज पनि थप ४४ जना कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा, गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका ३६ जना, ललितपुर र भक्तपुरका ४(४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्

 
 
  
 

You may also like