काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार २६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५ रहेको प्रवक्ता गौतमले बताएका छन्
त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ६८७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ६ हजार ५९४ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ ।