बुटवलमा थप एक जनामा कोरोना संक्रमण

बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।

साउन २ गते साउदि अरबबाट आएका उनी घरमै होम क्वारेन्टिन बसेकाका थिए ।आफुलाई शंका लागेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा ११ गते उनले आफैले पैसा तिरेर पिसीआर गरेका थिए । उनको सोमबार राति कोरोना पोजेटिभ देखिएको सिंहले बताए ।

उनी विमानमार्फत काठमाडौ आएको र काठमाडौंबाट बुटवल आएर सुरक्षित रुपमै घरमा बसेका थिए ।उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ । संक्रमितमा कुनै लक्षण देखिएका छैन । उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने सिंहले बताए । संक्रमितको परिवार होम क्वारेन्टिनमा छन ।

यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकै परिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
यो सँगै बुटवलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० पुगेको छ ।

 
 
  
 

You may also like