पुर्णचन्द्र परियारको तिमीलाई पाउन हो तीज गीत सार्वजनिक ( भिडियो)

थानेश्वर अधिकारी
कपिलवस्तु ।चर्चित गायक पुर्णन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो आज सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा उनले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्वलाई झल्काइएको छ ।
गीतमा गायक पुर्णचन्द्र परियार र भिन्न क्षमता दृष्टि बिहिन गायिका धना घर्ति मगरको स्वर रहेको छ । रिना बम मल्लको शब्द, जिवन परियारको लय रहेको गीतमा निसा खनाल, स्वस्तिका बेल्वासे, कृष्ण वि।क।, गोविन्दले अभिनय गरेका छन् । मनिष पन्तको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको नृत्य निर्देशन लोकेन्द्र शाहको रहेको छ । गीत श्रीनगर फिल्म प्रोडक्सन प्रा.लि.,बुटवल मार्फत बजारमा ल्याइएको छ । कपिलवस्तु जिल्लाको धार्मिक एवम् पर्यटकीय तिर्थस्थल सुपा देउरालीमा छायांकन गरिएको सो गीत सबै दर्शक तथा श्रोताहरुले हेरर सुनेर सहयोग गरिदिनु हुन गायक परियारको अनुरोध रहेको छ ।
भिडियो:

 
 
  
 

You may also like