लकडाउन अन्त्य भएको घोषणा

काठमाडौं। सरकारले कोरोना महामारी रोकथामका लागि चार महिनादेखि लगाएको लकडाउन अन्त्य भएको बताएको छ ।मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

सरकारले लकडाउन अन्त्य भएको जानकारी दिंदै साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको हो । यस्तै, ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसूचना तथा सञ्चार प्रविधिमन्त्री डा। युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताए । भर्ना खुला भएपनि विद्यालय भने अर्को सूचना नआएसम्म खुल्ने छैनन् ।त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको उनले जानकारी दिए ।

 
 
  
 

You may also like