नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुल्यो, पृथ्वी राजमार्गमा अवरोध कायमै

चितवन । चितवनस्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ ।

मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने बताइएको छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा अवरोध छ । पृथ्वी राजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।

 

 
 
  
 

You may also like