म बोर्डिङको शिक्षक

  • दिनेश खड्का

बुटवल
सरकार, तिमीले खुब लखेट्यौ
म तिमीबाट लखेटिन राजी भएँ
विद्यालय, तिमीले निकै खेद्यौ
म तिमीबाट खेदिन तयार भएँ
अभिभावक, तिमीले सारै चेप्यौ
म तिमीबाट चेपिन तयार भएँ
समाज, तिमीले ह्वात्तै हेप्यौ
म तिमीबाट नि हेपिन तयार भएँ
किनकि म बोर्डिङको शिक्षक हुँ ।

महिनौं बितेछन् हातहरु रित्ता भएका
आफ्नै घरका मान्छेहरु भित्ता भएका
न कसैले सोध्यो न मैले भन्न सकेँ–
म हिजोआज हरेक अभावमा छु,
चारैतिरबाट चर्को दवावमा छु ।
चुलोमा खरानीको धूलो नउडेपछि
सानी छोरीको रिमोट कार नगुडेपछि
हेर्दाहेर्दै आफ्नैले मेरो साथ छोडे
पलभरमै प्रियजनले पाईला मोडे
किनकि म बोर्डिङको शिक्षक हुँ ।

एकदिन प्रिन्सिपलले मायाले भने–
सर, अनलाईन कक्षा चलाउनु प(यो
यही गरेर भएनि चुलो जलाउन प(यो ।
नाई भन्ने आँट गर्नै सकिनँ मैले
तर मन भारी भो मोबाईल सम्झेर १
सापटी गरेर ल्यापटप नै किन्नु प(यो
नेट जोडे हातमुख जोडिएला भनेर ।
तर अनलाईन कक्षा नि बन्द गरियो
र भनियो–अबदेखि बेतलबी बिदा १
हातमुख होइन उल्टै ऋण जोडियो
अविश्वास गर्नेहरुको भिड जोडियो
किनकि म बोर्डिङको शिक्षक हुँ ।

हिजो बाको फोन आयो गाउँबाट
खुसी होइन प्रशस्त पीडा बोकेर
बाले खोक्दै सानो स्वरमा भन्नुभो–
कान्छा, औषधी सकियो पठाउँछस् कि रु
अहिले म सक्दिनँ बा १ भन्न सकिनँ ।
मडारिएको मनमा यस्तो लाग्यो कि–
बाको औषधी र मेरा आशा एकैचोटी सकिए ।
बाको फोन लगत्तै अर्को फोनवालाले भन्यो–
सर, बाईकको किस्ता दुई दिनमा बुझाउनुहोला ।
किस्ता होईन आप्mनै मनलाई बुझाउन सकिनँ,
अचानक अल्झिएको उल्झन सुल्झाउन सकिनँ ।
किनकि म बोर्डिङको शिक्षक हुँ ।

सोचिरहेको बेला संकेत आयो ढोकामा
ढोका खोल्दा घरबेटी उभिएका थिए ।
हातमा घरभाडाको बाक्लो बिल बोकेर
निर्लज्ज, निर्दयी र निष्ठुर दिल बोकेर ।
म अवाक् भएँ र उभिरहेँ खम्बा बनेर,
केही बोलिनँ ठूलो घरको सानो दिललाई १
त्यही नै बेला सानो छोरोले भन्यो–
बाबा, दूध र केवलको नि बिल आको छ ।
बिलवालालाई मेरो दिल दिएर नहुँदोरैछ,
सबैलाई एउटै जवाफ दिन्छु आजकल–
कृपया केही दिन नआत्तिनुहोला ।
तर म अत्तालिएको छु तीन महिनादेखि
तलब नपाउदा तनावको तरवारले काटेर
किनकि म बोर्डिङको शिक्षक हुँ ।

नङ र मासुको सम्बन्ध थियो हिजो
म शिक्षक र मेरा विद्यार्थीहरु बीचमा,
आज मासु बाँचिरहेछ नङ छुट्टिँदा पनि
रक्ताम्य छैनन् अभिभावकीय औलाहरु,
नङ र मासु अचानक टाढा सर्दा पनि ।
ओत लाग्ने छाता जस्तो लाग्थ्यो मलाई
संघ संगठनका छहारिला छाताहरु
के थाहा मलाई रु उनीहरु नै रैछन्
मालिकहरुका गाउने गौरव गाथाहरु ।
आफ्नै प्रिन्सिपलले पीडा बुझेनन्
आफ्नै सरकारले त साथ दिएन
आफ्नै घरकाहरुले नै त लात हाने
अब कहाँ जाऊँ र कसलाई भनुँ पीडारु
किनकि म बोर्डिङको शिक्षक हुँ ।

नागरिकता भएर नि अनागरिक भएँ
उज्यालो छरेर पनि म अध्याँरो भएँ
रोगलाई जित्दा भोकसँग म हारिरहेछु
आफन्तसँगका आशाहरु म मारिरहेछु
विभेदको पर्खाल कति साह्रै अग्लो रैछ
चित खाने गरी मैले चेतना पाईरहेछु ।
सुन्छु–सरकारले अर्को सन्तान जन्माउने रे,
भएका सबै सन्तानहरुलाई मारेर १
सरकार सधैँ मलाई सौतेलो देख्छ ।
बारम्बार मलाई नै एकनाशले खेद्छ
किनकि म बोर्डिङको शिक्षक हुँ ।

नोटः शैक्षिक समुन्नतिका खातिर नीजि विद्यालयका शिक्षकहरुको योगदानप्रति उच्च सम्मान सहित समर्पित कविता हो यो । समस्याको समाधानको लागि सरकारको ध्यान शीघ्र जाओस भन्ने अनुरोध पनि हो । शिक्षकहरुको मनोबल गिराउने होइन मनोभावना समेट्ने कविताको प्रयास रहेको विवेकशिल पाठकहरुमा सविनय अनुरोध छ ।

 

 
 
  
 

You may also like