पहिरोले पुरिएर मलेखुमा किशोरीको मृत्यु, ३ वटा गाडी पुरिए

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ ।
पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।
सोही पहिरोमा परेर सिन्धुली घर भएका २८ वर्षीय जितेन चौधरी घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका–१ मा गएको पहिरोमा परेर ५ वर्षीया बालिका संगीता चेपाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । यसैगरी पृथ्वी राजमार्गस्थित बाँदरेभिरमा गएको पहिरोका कारण ३ वटा गाडी पुरेको छ ।

 
 
  
 

You may also like