सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

सुनसरी। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय रामकृष्ण दासको गए राति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डा. संजीव शर्माले जानकारी दिएका छन् । दास हिजो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

 
 
  
 

You may also like