74
काठमाडौं। नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।
वुधबार सैनिक अदालतले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् ।
‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ,’ सहायक रथी पाण्डेले भने ।