विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख, ५५ लाख ४७ हजार निको

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ ।संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी संक्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी संक्रमितमध्ये ५७ हजार ६५ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी संक्रमित रहेको रुसमा ९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी संक्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । एजेन्सी

 
 
  
 

You may also like