भारतमा बेचिएकी ललितपुरकी १३ वर्षीया बालिकाको उद्दार

काठमाडौं। प्रहरीले भारतमा बेचिएकी ललितपुरकी एक १३ वर्षीय बालिकालाई उद्दार गरेको छ ।मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्दार गरेको हो ।
ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार ललितपुरको फुटपाथमा ब्यवसाय गरेर जिवकोपार्जन गरिरहेको परिवारकी ती बालिकालाई योजना बनाएर सिन्धुपाल्चोकका कृष्ण मगर र कास्कीका प्रविन तामाङले भारतमा बेचबिखन गरेक थिए ।

उनका अनुसार कृष्णले बालिकालाई भारतमा राम्रो आर्थिकउर्पाजन हुने जागिर लगाईदिन्छु भन्दै फकाएका थिए ।लगनखेलबाट बालिकालाई कृष्णले ९ फागुन २०७६ मा काठमाडौको नयाँ बसपार्क बालाजुबाट सुनौली जाने बसमासंगै लगेका थिए ।

मुग्लिङबाट प्रविण समेत मिसिएर भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा रहेको डान्स अकेष्ट्रामा बेचबिखन गरेका थिए ।
ब्युरोको टोलीले बालिकालाई ३० जेठमा उद्दार गरेको हो । घटनामा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

 
 
  
 

You may also like