सरकारले लुम्बिनी प्रादेेशिक अस्पताललाई वनको जग्गा दिने

बुटवल । सरकारले लुम्विनी प्रादेशिक अस्पताललाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा लुम्विनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको हो ।

लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कट्ठा जग्गा अस्पतालको पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने निर्णय भएको छ । सरकारको उक्त निर्णयबारे आज अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराईने छ ।सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरे संगै लामो समय देखि अवरुद्ध अस्पतालको पुर्वाधार बिकास कार्य अगाडी बढाउन सहज हुने भएको छ ।

अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरि सकेको छ । हाल उक्त स्थानमा ईलका प्रशासन कार्यालयल सन्चालनमा रहेको छ।प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा लिएबापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा बन कार्यालयका उपलब्ध गराउने छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाईएको बताउदै यसले अस्पतालको बिकासका लागि सहज बाटो खुलेको भन्दै खुसी ब्यक्त गरे ।

 

 
 
  
 

You may also like