सरकारी र निजी कार्यालय अब दुई सिफ्टमा सञ्चालन गरिने

काठमाडौं । लामो समयदेखि जारी लकडाउनलाई खुकुलो बनाएको सरकारले सरकारी र निजी कार्यालय सञ्चालनका लागि नयाँ रणनीति अघि सारेको छ ।सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रि परिषद बैठकले गरेको हो ।

असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको डा. खतिवडाले बताए । सरकारले चैत ११ गते लकडाउन शुरु गरेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सरकारी कार्यालय बन्द थिए ।

 
 
  
 

You may also like